अत्तरिया उद्योग वाणिज्य संघको अध्यक्षमा देवकोटा विजयी

अत्तरिया, असोज १३ । शुक्रवार अबेर सम्पन्न कैलालीको अत्तरिया उद्योग बाणिज्य संघको निर्वाचनमा अशोकराज देवकोटाको पूरै प्यानल विजयी भएको छ । अध्यक्षमा देवकोटा विजयी भएका छन् । अध्यक्षमा उनीसहित संघका सवै पदाधिकारीमा लोकतान्त्रिक प्यानलका उम्मेद्वार विजयी भएका छन् ।

 

नयाँ नेतृत्वको लागि बर्तमान उपाध्यक्ष टिकाराम आचार्य र बर्तमान महासचिब अशोकराज देबकोटा प्यानल सहित चुनाबी मैदानमा होमिएका थिए । देवकोटाले ४ सय ५ मत पाए भने आचार्यले २ सय ३० मत पाए ।

 

यस्तै संघको उपाध्यक्ष उद्योगमा देवकोटा प्यानलकै कल्याण सिह बोहरा, उपाध्यक्ष वाणिज्यमा कविराज भट्ट, उपाध्यक्ष वस्तुगतमा कमल कठायत, महासचिवमा यज्ञराज जोशी, कोषाध्यक्षमा सितादेवी सोव, सचिवमा शंकर वहादुर खड्का विजयी भएका छन् ।

 

यस्तै, सदस्यमा पनि देवकोटा प्यानलकै देवराज भट्ट, दीलीप कुमार साउँद, दीपक बोहरा र रविन्द्र खनाल चयन भएका छन् । दोश्रो साधारण सभा अन्तरगत नयाँ नेतृत्व चयनका लागि हिजो मतदान भएको थियो । संघमा ७ सय ३१ सदस्य रहेकामा ६ सय ६८ जनाले मतदान गरेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!