हिंसा कम गर्न अब भरतपुरमा वृहत जनचेतनामुलक अभियान शुरु हुन्छ- मेयर दाहाल

चितवन, असोज १३ । महिला तथा बालबालिका माथि भइरहेका हिंसाविरुद्ध चितवनका सरोकारवाला एकजुट हुने भएका छन् । देशमा बढदै गइरहेका हिंसा कम गर्न चितवनका सरोकारवाला एक जुट हुने भएका हुन् ।

 

भरतपुर महानगर प्रमुख रेणु दाहालले कुनै पनि किसिमको हत्या हिंसा महानगरलाई सह्य नहुने बताइन् । उनले देशमा नयाँ व्यवस्था सुरु भएपनि यस्ता घटना घट्दै जानु दुखद भएको बताइन् । महिलामाथि भइरहेका हिंसाका घटना कम गर्न गम्भीर भएर अभियान चलाइने महानगर प्रमुख दाहालले प्रतिवद्धता जनाइन् ।

चितवनमा पनि महिला हिंसा र जबरजस्ती करणी सम्बन्धी घटनाहरु बाहिरा आईरहेका छन्न् । त्यसकारण चेतनामूलक अभियान चलाउन लागेका जिल्ला प्रहरी कार्यालयका प्रमुख सुशिल सिंह राठौरले जानकारी दिए । अभियानलाई स्थानीय तहका जनप्रतिनिधिको सहभागितामा गाउँ गाउँमा पुर्याइने बताइको छ ।

जिल्ला प्रहरी कार्यालय, भरतपुर महानगरपालिका, महिला अधिकारकर्मी, टोल सुधार समिति तथा नागरिक अगुवाहरुको सहभागितामा विद्यालय स्तरमा पनि सचेतनामुलक कक्षाहरु संचालन हुनेछन् ।

विद्यालयबाटै अभियान चलाए सचेतनाले सार्थकता पाउने महिला अधिकारकर्मी मिना खरेलले विश्वास व्यक्त गरिन् । विद्यालयबाट घरघर र घरबाट ब्यक्ति व्यक्तिसम्म सन्देश प्रवाह गर्न सके यस्ता घटनाहरुमा न्यूनिकरण आउने उनको दाबी छ ।


प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले गृहमन्त्रालयले बढ्दो बलत्कार र यौनहिंसाको विषयमा चितवन लगाएत देशभर यस्तो कार्यक्रम संचालन गर्न लागिएको जानकारी दिए । अभियान सञ्चालन गर्न जिल्ला प्रहरी कार्यालय चितवनको नेतृत्वमा विभिन्न कार्यदल पनि निमार्ण गरिएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!