एकाबिहानै बस र ट्रक ठोक्किए, २ को मृत्यु, ३२ जना घाइते

नवलपरासी, असोज १३ । एकाबिहानै नवलपरासीमा बस र ट्रक ठोक्किएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको कावासोती –१६, मा आज बिहान साढे ३ बजे बस र ट्रक एक आपसमा ठोक्एिका हुन् । सो दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । भने, ३२ जना घाइते भएका छन् ।

 

घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । नेपालगंजबाट काठमाडौंका लागि छुटेको ना ७ ख ५६ २९ नम्बरको बस विपरीत दिशाबाट जाँदै गरेको ना ६ ख ७७१९ नम्बरको ट्रकसँग ठोक्किँदा दुर्घटना भएको हो ।

 

दुर्घटनामा परि बस चालक बाँके कोहलपुर नगरपालिका ४ बस्ने २३ वर्षका सुरज विक र बर्दिया वाणगंगा गाउँपालिका २ बस्ने २४ वर्षका लक्ष्मण थारुको ज्यान गएको प्रहरीले बताएको छ ।

 

दुर्घटनामा परि गम्भीर घाइते भएका ११ जनाको भरतपुरमा, ४ जनाको मध्यविन्दु अस्पताल डण्डा र १७ जनाको कालीगण्डकी अस्पताल कावासोतीमा उपचार भइरहेको छ । दुर्घटनास्थलमा अहिले सडक अवरुद्ध भएको छ । घाइतेहरुको विवरण आउन बाँकी रहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!