दिलबहादुर घर्ती बचाउ अभियानको बचत रकम ७ लाख साउदी जेलमा रहेका कुमार रानालाई सहयोग

साउदी,असोज १२। एक बर्ष देखि साउदी जेलमा रहेका गोरखाका कुमार रानालाई छुटाउन अपुग ब्लडमनि रकम ७ लाख रुपैयाँ सहयोग गरिएको छ।

रानाले चलाएको सवारी दुर्घटना हुँदा साउदी नागरिक घाइते भएपछि गत अप्रिल २०१७ मा अदालतले रानालाई ७७ लाख रुपैयाँ ब्लडमनिको फैसला सुनाएको थियो।
अदालतको फैसला पछी साउदी स्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालय मार्फत ब्लडमनिको माग गरेपनि सरकारले सहयोग गर्न नसकिने जबाफ पठाए पछी देश बिदेश बाट राना बचाउ अभियान चलाइ ब्लडमनि सङ्कलन गरिएको थियो।

राना बचाउ अभियान अन्तर्गत ७० लाख रुपैयाँ सङ्कलन भएपछी अपुग ७ लाख रकमका लागि दिल बहादुर बचाउ अभियानको बचत रकम सहयोग गर्न पत्र मार्फत माग गरेपछि सहयोग गरिएको दिल बहादुर बचाउ अभियानका संयोजक दिपेस पुनले जानकारी दिएका छन्।


नेपाल मगर संघ केन्द्रीय कार्यलय कलङ्किमा संघका अध्यक्ष नबिन रोकामगरको उपस्थितिमा कुमार राना बचाऔं अभियानका संयोजक कृष्ण प्रसाद ढकाल र कुमार रानाकि श्रीमती आम्बिका रानालाई शुक्रबार सहयोग रकम हस्तान्तरण गरिएको पुनले बताएका छन।

दुई बर्ष देखि साउदी जेलमा रहेका रोल्पाका दिल बहादुर घर्तीमगर ६७ लाख रुपैयाँ ब्लडमनि तिरेर केहि दिन अघि नेपाल फर्किएका छन भने ,रानालाई छुट्टाउन आवश्यक रकम समेत जुटिसकेको हुदा अब प्रक्रिया पूरा गरि राना पनि नेपाल फर्किने निश्चित भएको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!