मेलम्चीमा पहिलो पटक एटिएम सेवा

मेलम्ची, असोज १२ । मेलम्चीमा पहिलो पटक कृषि विकास बैंकले शुक्रबारदेखि एटिएम सेवा शुरु गरिएको छ । अहिलेसम्म मेलम्चीमा कुनै पनि बैंक तथा वित्तीय संस्थाले एटिएम सेवा शुरु गरिएको छैन ।

 

मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रसाद सिटौलाले संयुक्तरुपमा उक्त एटिएम सेवाको शुभारम्भ गरे ।

 

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत सिटौलाले गाउँका किसानलाई सहज रुपमा ऋण प्रवाह गर्दै आएको कृषि विकास बैंकले आगामी दिनमा वित्तीय साक्षरता सञ्चालन गरी बढीभन्दा बढी सदस्यलाई सहज सेवा प्रदान गर्ने बताए । हालसम्म कृषि विकास बैंकको मुलुकभर २७० शाखा सञ्चालनमा रहेको पनि उहाँले जानकारी दिए।

 

मेलम्ची नगरपालिकाका प्रमुख अर्यालले यस क्षेत्रमा कुनै पनि बैंक तथा वित्तीय संस्थाले एटिएम सेवा शुरु नगर्दा समस्या भइरहेको भन्दै यो सेवा शुरु भएपछि अब बैकिङ कारोबारमा सहजता आउने विश्वास व्यक्त गरे। -रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!