अति भो ! कालिकोटमा १० जनाको समूहद्वारा युवती बलात्कृत

कालिकोट,असोज १२ । कालिकोटमा एक युवती सामूहिक बलात्कारको सिकार भएकी छन् । जिल्लाको खाँडाचक्र नगरपालिका-९, की एक १९ वर्षीया युवती सामूहिक बलात्कार सिकार भएकी हुन् ।

 

असोज १० गते बेलुका धिमाल देवताको मेला हेरेर घर फर्किदै गर्दा बाटोमा १० जना युवाहरुको समूहले अपशब्द बोल्दै हात समातेर लतार्दै खोल्सामा लगेर पालैपालो बलात्कार गरेको पीडित युवतीको बयान छ ।

 

युवतीले प्रहरीमा रिर्पोट गर्दै भनेकी छन्, ‘तीन जनाले दुर्व्यवहार गर्दासम्म मलाई थाहा छ । त्यसपछि कतिले के गरे मलाई थाहा छैन, म पुरै बेहोश भइसकेकी थिएँ ।’

 

महिला सेलकी एक प्रहरीले पीडित युवतीसँग लिएको बयान सुन्दा जोकोहीको आँसु झर्छ । पीडित युवतीले आफूलाई बलात्कार गर्ने १० जना विरुद्ध प्रहरीमा मौखिक उजुरी दिएपछि प्रहरीले ८ जनालाई घरबाटै प्रक्राउ गरी अनुसन्धानका लागि थुनामा राखेको छ ।

 

प्रहरी निरीक्षक तथा अनुसन्धान अधिकृत निरोज चौलागाईले नयाँ कानुनले जरुरी प्रक्राउ पूर्जी र सामान्य प्रक्राउ पूर्जी गरी दुई वटा प्रक्राउ पूर्जीको अधिकार दिएकाले आफूहरुले लिखित उजुरी नआउँदै अभियुक्तलाई प्रक्राउ गरेको बताए । असोज ११ गते जाहेरी दर्ता गराएर जिल्ला अदालतबाट ६ दिनको म्याद थपेर अनुसन्धान भैरहेको अनुसन्धान अधिकृत चौलागाइले वताए ।

 

सामूहिक बलात्कार गरेको आरोपमा प्रक्राउ पर्नेमा खाँडाचक्र नगरपालिका –१०, का १८ वर्षीय सर्जन विक,२० वर्षीय प्रर्व विक, १८ वर्षीय गोर्ख विक रहेका छन् । त्यस्तै पक्राउ पर्नेहरुमा खाडाचक्र नगरपालिका –९, का २२ वर्षीय जीवन विक, २० वर्षीय नवीन विक, १८ वर्षीय दिले परिवार २१ वर्षीय सुवाश विक र २० वर्षीय हंस विक रहेका छन् ।

 

जस्तोसुकै दबाब आए पनि अपराध अनुसारको कारबाही गर्ने आफ्नो दायित्व भएको प्रहरी प्रमुख बिनोद शर्माले बताए । सामूहिक बलात्कारको कसुर ठहर भएमा मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ दफा २१९ अनुसार १५ वर्ष कैद सजाय हुने व्यवस्था छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!