लोकतन्त्रलाई बलियो बनाउन संविधान संशोधन आवश्यक : नेता पौडेल

वीरगञ्ज, असोज १२ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रलाई बलियो बनाउन संविधान संशोधन हुनु आवश्यक रहेको बताएका छन् ।

काङ्ग्रेस केन्द्रीय विधान संशोधन समितिद्वारा आज यहाँ आयोजित दुई दिने विधान संशोधन एवं सुझाव सङ्कलनसम्बन्धी प्रदेशस्तरीय भेलामा नेता पौडेलले काङ्ग्रेसलाई सबल, सक्षम र बलियो बनाउन विधान संशोधन आवश्यक रहेको बताए । उनले काङ्ग्रेसले सङ्घीयता र समावेशितालाई ध्यानमा राखी विधान संशोधन गर्न लागिएको जानकारी दिए ।

केन्द्रीय कोषाध्यक्ष सीतादेवी यादवले लोकतन्त्र र समाजवादमा आधारित काङ्ग्रेसले गएको तीन तहको निर्वाचनमा हार बेहोर्नुको मुख्य कारण संगठन व्यवस्थापनको कमजोरी भएको बताइन् ।

विधान संशोधन समिति प्रदेश नं. २ का संयोजक डा. मीनेन्द्र रिजालको सभापतित्वमा भएको सो कार्यक्रममा केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय, काङ्ग्रेस पर्साका अध्यक्षलगायतले विधान संशोधनका विविध विषयबारे बोलेका थिए । भेलामा प्रदेश नं २ का ८ जिल्लामध्ये पर्सा, बारा, रौतहट, सर्लाहीका सभापतिलगायतका नेताको सहभागिता छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!