खेलकुदलाई प्राथमिकतामा राखेका छौं : नगर उप–प्रमुख भट्ट

टेकेन्द्र देउवा

धनगढी, असोज १२ । धनगढी उपमहानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्टले धनगढी उप–महानगरपालिकाले खेलकूदलाई प्राथमिकतामा राखेको बताएकी छन् ।

धनगढी उप–महानगरपालीकाको सहयोग तथा एसपीए कलेज धनगढीको आयोजनामा संचालित मेयर एसपीए कप इन्टरकलेज भलिवल प्रतियोगिताको उद्घाटन गर्दै नगर उप–प्रमुख भट्टले यस प्रतियोगितालाई आगामी वर्षहरुमा थप व्यवस्थित गरेर लैजाने बताईन । उनले भनिन् ‘खेलकुदले अनुशासन सिकाउनुका साथै सफल हुनका लागि रणनिति बनाउन पनि सिकाउँछ ।

खेलकुदले ब्यक्तिलाई मात्रै नभएर समाजलाई समेत मर्यादीत बनाउन छ नगर उप–प्रमुख भट्टले भनिन्‘यूवाहरुलाई कुलतबाट बचाउन समेत सहयोग पुग्छ । एसपीए कलेजको खेल मैदानमा चलिरहेको भलिवल प्रतियोगितामा धनगढी उप–महानगरपालिकाभित्रका ६ वटा टोलीहरु सहभागी रहेका छन् ।

खेल तीन दिनसम्म चल्ने आयोजकले बताएका छन् । खेलमा पहिलो हुने समुहलाई २५ हजार दोश्रोलाई १५ हजार र तेश्रो हुनेलाई १० हजार पुरस्कार रहेको छ ।

तस्वीर : मेयर एसपीए कप इन्टरकलेज भलिवल प्रतियोगिताको उद्घाटन समारोहमा नगरउप–प्रमुख सुशिला भट्ट मिश्र ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!