समुन्द्रमा अवतरण भयो जहाज, धन्नैले टर्यो ठूलो दुर्घटना

काठमाडौं, असाेज १२ । 
 प्रशान्त महासगरको माइक्रोनेशियामा एउटा हवाई जहाजलाइ समुन्द्रमा ल्याण्ड गराइएको छ । प्राविधिक कठिनाईका कारण चालकले यो विमानलाई चुक इन्टरनेशनल एयरपोर्टको रनवेमा अवतरण गर्न सकेका थिएनन् ।
पपुवा न्यूगिनीको यो एयर न्युगिनीको यो विमान अहिले एयरपोर्ट छेऊमै समुन्द्रमा कम गहिरो पानीमा छ । विमान पानीमा खसेसँगै कैयन स्थानीय वासिन्दा आफ्नो डुंगा लिएर आएका थिए ।
विविसीका अनुसार, उनीहरुले ३६ यात्री र ११ क्रूसदस्यलाई बचाउन मदत गरे । बचाएका चार जना यात्रुको अवस्था गम्भीर रहेको अस्प्तालले जनाएको छ । जहाज माइक्रोनेसियादेखि पपुआ जाँदै ग रेको थियो । खराब मौसम र वर्षा भएको कारण रनवे आउनु अगाडि नै समुन्द्रमा अवतरण भएको पाइलटले बताएका छन् ।
उनीहरुले रनवे हो भन्ने भ्रममा समुन्द्रमा उतारेको देखिन्छ । धन्नले समुन्द्रको किनारा भएको कारण खासै समस्या भएन । किनभने तत्कालै मानिसहरु उद्धारका लागि आइसकेका थिए ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!