प्रधानमन्त्री र महासचिव गुटेरेसबीच भेट

न्यूयोर्क, असोज १२ ।

प्रधानमन्त्री केपी ओली र संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच शुक्रबार न्यूयोर्कमा भेटवार्ता भएको छ । भेटमा महासचिव गेटेसरले द्वन्द्वलाई राजनीतिक रुपमा समाधान गरि विश्व सामु उदाहरण पेश गरेकोमा नेपाल र नेपालीलाई बधाई तथा शुभकामना व्यक्त दिए ।

भेटमा प्रधानमन्त्री ओलीले शान्ति प्रक्रिया तथा विकासमा संयुक्त राष्ट्रसंघको साथ र सहयोगको उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा पनि दिगो शान्ति र आर्थिक वृद्धिका लागि संघको सहयोग रहने आशा व्यक्त गरे ।

तस्वीर : सुरेन्द्रबहादुर नेपाली, न्यूयोर्क, रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!