गृहमन्त्री बादल र भारतीय मन्त्री प्रधानबीच भेटवार्ता

काठमाडौँ, असोज १२ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र नेपाल भ्रमणमा रहेका भारतका पेट्रोलियम तथा प्राकृतिक ग्याससम्बन्धी मन्त्री धमेन्द्र प्रधानले आज शिष्टाचार भेटवार्ता भएको छ ।

गृहमन्त्रालयमा भएको भेटमा नेपाल–भारत द्धिपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यको विषयमा छलफल भएको थियो ।
गृहमन्त्री थापाले नेपालको हरेक क्षेत्रमा भारतले गर्दै आएको सहयोग सराहनीय रहेको बताउँदै आगामी दिनमा समेत सहयोगको निरन्तरताका लागि आग्रह गरे ।

उनले नेपाल–भारतको पेट्रोलियम पदार्थसम्बन्धी निर्माणाधिन परियोजनाहरु छिट्टै सम्पन्न गर्न मन्त्री प्रधानको भ्रमणले सहयोग पुग्ने विश्वास व्यत्त गरे । भारतीय मन्त्री प्रधानले नेपाल र भारतबीच सामाजिक, आर्थिक, सास्कृतिक हरेक क्षेत्रमा ऐतिहाँसिक कालदेखिनै सम्बन्ध रहेको चर्चा गर्दै यो सम्बन्ध थप मजबुत बनाउँदै लैजानुपर्ने बताए ।

 

दुई देशको सहकार्यमा निर्माण भईरहेको पेट्रोलियम पदार्थसम्बन्धी परियोजनाले दुबै देशका लागि फाईदाजनक रहेको टिप्पणी गरे । भेटमा नेपालका लागि भारतीय राजदुत रणजित राय पनि सहभागी थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!