प्रवासी नेपाली मञ्च र नेपाली जनप्रगतिशील मञ्च कतारको एकता अन्तिम चरणमा

दोहा, असोज १२ ।

प्रवासी नेपाली मञ्च र नेपाली जनप्रगतिशिल मञ्च कतारको एकता अन्तिम चरणमा पुगेको छ । दोहार प्रवासी नेपाली मंच कतार र नेपाली जनप्रगतिशिल मञ्चको संयुक्त कार्यदलको विशेष बैठक गत बुधबार दोहामा सम्पन्न भएको छ।

दुई स‌गठन कार्यदलको विशेष बैठकमा प्रवासी नेपाली मञ्चबाट सिफारिस अध्यक्ष चानक पोख्रेल र नेपाली जनप्रगतिशिल मञ्चले संयोजक रकमध्वज राईलाई नेकपाको नयाँ प्रवास सगठन प्रवसी नेपाली एकता मञ्च कतार संंयोजक र मोहन कार्कीलाई सचिवमा सिफारिस गरिएको छ ।
सर्वसम्मतको लागि भएको प्रयास असफल भएपछि संयोजक र सचिव पदका लागि केन्द्रीय कार्यलय काठमाडौंमा सिफारिस गरेको कार्यदलका संयोजक शनिकुमार ओलीले जानकारी दिए । नेपालमा पार्टी एकतासँगै विभिन्न जिल्ला तह, प्रदेश, जनवर्गीय संगठनहरुको एकता भैरहदा प्रवासमा पनि एकता प्रक्रियाले मूर्त रुप लिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!