प्रदेश नं. ७ को संसदमा राजधानी विवाद , कांग्रेसले गऱ्यो सदन अवरुद्ध

धनगढी, असोज १२ । प्रदेश नं. ७ मा राजधानी विवाद चर्किएको छ । प्रदेश सभामा प्रदेशको नाम र स्थायी राजधानी तोक्न गठित समितिले आफ्नो प्रस्तावसहित को प्रतिवेदन आएयता जनस्तरमा सुरु भएको विरोधले प्रादेशिक संसद समेत अछुतो रहन सकेको छैन ।

शुक्रबार राजधानी र नाम टुङ्गो लगाउन साढे ११ बजे बोलाइएको बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधपछि प्रदेश ७ को  प्रदेश सभाको बैठक १ बजे सम्मका लागि स्थगित भएको छ। नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरूले रोष्टम घेराउ गर्दै नाराबाजी गरेका थिए । कांग्रेसले प्रदेशको नाम र राजधानी जनभावना अनुरुप तोकिनुपर्ने जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!