सांसदलाई मेयर वडको चुनौति- ‘सक्छौ भने संविधान जलाउने र देश टुक्राउछु भन्नेलाई कारवाही गर’

टेकेन्द्र देउवा, धनगढी, असोज १२ । धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले आफुबिरुद्ध उजुरी गर्ने प्रदेश सांसदलाई संविधान जलाउने र देश टुक्राउछु भन्नेलाई कारवाही गरेर देखाउन चुनौति दिएका छन् ।

प्रदेश नं ७का २२ जना सांसदहरुले बिहीबार उनीबिरुद्ध कारवाहीका लागि उजुरी दिएपछि उनले यस्तो प्रतिक्रिया दिँदै नगरप्रमुख वडले नगरवासीको अधिकारका लागि कारवाही सहन त के ज्यानै दिन तयार भएको बताए ।

संविधान दिवसको दिन संविधान जलाउने र मधेस प्रदेश नेपाल होइन भन्नेलाई पक्राउसम्म गर्न नसक्ने सरकार आफुबिरुद्ध खनिएको बताए । उनले निर्मला पन्तको हत्या अनुसन्धानलाई छायाँमा पार्नका लागि प्रदेश नं ७ का सांसदहरुले दशै‌को मुखमा स्थायी राजधानी र नामाङ्कनको प्रस्ताव संसदमा पेश गरेको बताए ।

गरप्रमुखबिरुद्ध प्रदेश सांसदले मुद्धा हाल्यो भनेर आन्दोलनलाई कमजोर हुन नदिन नगरवासीसँग अनुरोध पनि गरे । उनले भने, ‘शाही ‘कु’ पछि राजाले आयोग बनाएर जनप्रतिनिधिहरुलाई जेल हालेका थिए । कम्युनिष्टहरु अहिले यही बाटोमा अघि बढिरहेका छन् । कम्यूनिष्ट सरकारका बिरुद्ध बोल्न पाउदैन, हाँस्न पाउदैन भनेको यही हो ।’

बुधबारको विरोध प्रदर्शनमा नगरप्रमुख वडले धनगढी स्थायी राजधानी नभए चौबिस घण्टा भित्र धनगढी छोड्न सांसदहरुलाई चुनौती दिएका थिए । उनले वनमाफिया र भु माफिया सँग मिलेर गोदावरीमा राजधानी राख्ने प्रस्ताव ल्याइएको आरोप समेत लगाए ।

यस बिषयमा बिहीबार नगरप्रमुख वडले विज्ञप्तिमार्फत आवेगमा आएर गलत सब्द बोलिन गएको भन्दै आत्मसमिक्षा गरेका छन् ।
नगरप्रमुख वडको विज्ञप्तिमा भनिएको छ, ‘अस्थायी राजधानीसमेत भएको धनगढी नगरका बासिन्दासँग सामान्य सुझावसमेत नलिएर जसरी जनभावनामाथि चोट पु¥याउने काम भयो यसकै आवेग र आक्रोशमा बुधवार केही गलत शब्द निस्किन गए । यसप्रति म आत्म आलोचित छु ।’

कमेन्ट गर्नुहोस्

error: Content is protected !!