खानेपानी मन्त्री अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन दिल्ली प्रस्थान

काठमाडौं, असोज १२ ।

खानेपानी मन्त्री बिना मगर महात्मा गान्धी अन्तर्राष्ट्रिय स्वच्छता सम्मेलनमा सहभागी हुन शुक्रबार भारतको नयाँ दिल्ली गएकी छन् ।
महात्मा गान्धीको १५० औं जन्म जयन्तीको अवसरमा भारत सरकारले आयोजना गरेको चार दिने सम्मेलनमा भाग लिन नेपालको तर्फबाट खानेपानी मन्त्री मगर दिल्ली गएकी हुन् ।

लनमा खानेपानी मन्त्रीसहित खानेपानी तथा ढल निकास विभागका उपमहानिर्देशक सुनिलकुमार दाससमेत सहभागी छन् । उक्त सम्मेलनमा ८० देशका खानेपानी तथा सरसफाई मन्त्रीहरु सहभागी हुँदैछन् ।

सम्मेलनमा नेपालको तर्फबाट सरसफाईको क्षेत्रमा भईरहेको प्रगतिको बारेमा प्रस्तुति दिने कार्यक्रम रहेको छ । सम्मेलन भोलि शनिबारदेखि भारतको राजधानी नयाँ दिल्लीमा सुरु हुँदैछ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!