आज फेरि बजारमा ह्वात्तै घट्यो सुनचाँदीको मूल्य ?

काठमाडौं, असोज १२ । साताको अन्तिम दिन अर्थात शुक्रबारका दिन नेपाली बजारमा सुनको मूल्य चार सय रुपैयाँले घटेको छ ।

बिहीबार बजारमा छापावाल सुन प्रतितोला ५८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि घटेर बजारमा सुन प्रतितोला ५७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बिहीबार तेजावी सुन प्रतितोला ५७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि घटेर बजारमा सुन प्रतितोला ५७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, शुक्रबार बजारमा चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ ।

बिहीबार बजारमा चाँदी प्रतितोला मूल्य ७३० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर चाँदी प्रतितोला ७२५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!