पेट्रोलियम पाइपलाइनबारे छलफल गर्न भारतीय मन्त्री आइपुगे काठमाडौंमा

काठमाडौं, असोज १२ । भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यास सम्बन्धी मन्त्री धमेन्द्र प्रधान शुक्रबार पेट्रोलियम पाइपलाइनबारे छलफल गर्न काठमाडौं आइपुगेका छन् ।

पेट्रोलियम पाइपलाइनबारे नेपाल र भारतका उच्च अधिकारीबीच बुधबारका लागि तय भएको वार्र्ता स्थगित भएको तेस्रो दिन उनी काठमाडौं आइपुगेका हुन् ।

नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार मन्त्री प्रधान सहित भारतीय टोली शुक्रबार ९ बजे नेपाल आइपुगेको हो । भारतीय मन्त्रीले शुक्रबारै ग्यास, पेट्रोलियमसम्बन्धी विषयमा नेपाली पक्षसँग भेटवार्ता गर्नेछन् । उनी अमलेखन्ज जाने कार्यक्रम पनि छ।

अमलेखगन्जदेखि चितवनसम्म पेट्रोलियम पाइपलाइन निर्माणको मोडालिटीबारे उनले नेपाली पक्षसँग छलफल गर्नेछन्। ग्यास र पेट्रोलियम आपूर्तिको विषय पनि उनको छलफल एजेन्डामा राखिएको छ ।

बुधबारका लागि तय भएको पेट्रोलियम पाइपलाइनसम्बन्धी नेपाल–भारत उच्च स्तरीय वार्ता भारतले अन्तिम समयमा अकस्मात रोकेको थियो । भारतीय टोली काठमाडौं आइसकेपछि मन्त्रिपरिषदबाट स्वीकृत नलिएको भन्दै भारतीय पक्ष वार्तामा बस्न अस्वीकार गरेको थियो। नेपालखबरबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!