युवाका ढुकढुकी जनकले ल्याए ‘ठेगाना भेटियो’ (भिडियो)

डडेल्धुरा, असोज १२ । गायक जनक ताम्राकारले नयाँ गीत ‘ठेगाना भेटियो’ बजारमा ल्याएका छन् । उक्त गीतमा जनकसंगै सुजाता वर्मा, महेश ताम्राकार र अल्मोडा राना उप्रेतीलगायतको स्वर दिएका छन् ।

 

यस गीतमा महेश ताम्राकारले शब्द संगीत भरेका छन् भने अल्मोडाले एरेन्ज गरेका हुन् । शब्द, उत्कृस्ठ संगीत संयोजन र सबैले एकै पटक आवाज दिएकाले गीत राम्रो बनेको गायक ताम्राकार बताउँछन् ।

 

यो गीतले सबैको मन जित्ने कुरामा आफू विश्वस्त रहेको उनको भनाइ छ । ‘ठेगाना भेटियो’ जनकको चौथो गीत हो । यसअघि उनले ‘जुनकिरी’ ‘काफल खान्या कुइयाँ’ र ‘लौलौ सररर’ बजारमा ल्याइसकेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!