सांसदलाई मेयर वडको आग्रह- देश टुक्राउछु भन्नेलाई कारवाही गरेर देखाउ

धनगढी, असोज १२ । कैलालीको धनगढी उप-महानगरपालिकाका प्रमुख नृपबहादुर वडले आफू बिरुद्ध कार्वाहीका लागि प्रशासन गुहार्ने प्रदेश सांसदलाई संविधान जलाउने र देश टुक्राउछु भन्नेलाई कार्वाही गरेर देखाउन चुनौति दिएका छन् ।

 

प्रदेश नं ७ का २२ जना सांसदरुले बिहीबार उनि बिरुद्ध कार्वाहीका लागि उजुरी दिएपछि प्रतिकृया दिदै नगरप्रमुख वडले नगरवासीको अधिकारका लागि कार्वाही सहन त के ज्यान समेत दिन तयार भएको बताए।

 

संविधान दिवसको दिन संविधान जलाउने र मधेश प्रदेश नेपाल होइन भन्नेलाई पक्राउसम्म गर्न नसक्ने सरकार आफू बिरुद्ध खनिएको बताए । उनले निर्मला पन्तको हत्या अनुसन्धानलाई छायाँमा पार्नका लागि प्रदेश नं ७ का सांसदले दशैको मुखमा स्थायी राजधानी र नामाङ्कनको प्रस्ताव संसदमा पेश गरेको पनि आरोप लगाए ।

 

नगरप्रमुख बिरुद्ध प्रदेश सांसदले मुद्धा हाल्यो भनेर आन्दोलनलाई कमजोर हुन नदिन नगरवासीसँग अनुरोध पनि गरे । उनले शाही कुपछि राजाले आयोग बनाएर जनप्रतिनिधीलाई जेल हालेको बताउदै कम्युनिस्ट अहिले यही बाटोमा अघि बढीरहेको बताए । उनले भने,‘कम्यूनिस्ट सरकारका बिरुद्ध बोल्न पाउदैन, हाँस्नपाउदैन भनेको यही हो ।’ बुधवारको बिरोध प्रदर्शनमा नगरप्रमुख वडले धनगढी स्थायी राजधानी नभए चौबिस घण्टा भित्र धनगढी छोड्न सांसदहरुलाई चुनौती दिएका थिए ।

यो पनि पढ्नुस्-

विचरा मेयरः पद ठूलो भएर के गर्नु, चित्त सानो भएपछि……..

कमेन्ट गर्नुहोस्

error: Content is protected !!