खर्कबाट आउँदै गर्दा हराएका बालकको कङ्काल फेला

हुम्ला, असोज १२ । जिल्लाकाे चङ्खेली गाउँपालिका- २ दार्मा गर्खाका १४ वर्षीय शैलेन्द्र शाही तीन महीनादेखि हराइरहेका थिए । उनी गत साउन १ गते स्थानीय धुम्माधारा खर्कबाट दूध र दही लिएर घर फर्कने क्रममा तामेखोलाबाट हराएका थिए । हराइरहेका बालक शाहीको तीन महीनापछि कङ्काल भेटिएको छ ।

 

साउने सङ्क्रान्तिका दिन घर खर्कदेखि गाउँसम्मका सबै बाटो र बस्तीमा उनको खोजीमा परिवार र स्थानीय प्रशासनले लामो समय खर्चेको जानकारी दिँदै उनका बुबा जनक शाहीले भावुक हुँदै भने, ‘तीन महिनापछि छोराको कङ्काल पो देख्नुपर्‍यो ।’

 

उक्त घटनाबारे आफूलाई कुनै जानकारी नआएको बताएका जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख ज्ञहेन्द्र बोगटीले घटनाको अनुसन्धानका लागि तत्काल पिप्लाङ र दार्मा प्रहरी चौकीलाई खबर गरिने बताए । मृतक शाही स्थानीय बालज्योति आधारभूत विद्यालयको कक्षा ५ मा अध्ययनरत रहेको विद्यालय स्रोतले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!