उवासंघ अतरिया निर्वाचनमा चुलियाे असन्तुष्टी

अत्तरिया ।
उद्योग वाणिज्य संघको निर्वाचन नजिकिदै जाँदा अत्तरियाका व्यवसायीहरूमा उम्ममेदवारहरु प्रति हनिराशा र आक्रोश बढेको छ ।

नेपाली काङ्ग्रेस समर्थक व्यापारीहरू र वामपन्थी व्यापारीहरू अलग अलग प्यानल बनाएर चुनावमा होमिएका छन् ।

 विगत दश वर्षदेखि कांग्रेश समर्थक व्यापारीहरूको नेतृत्व रहेको संघमा नेतृत्व गरेका व्यक्तिहरूले नै उद्योग वाणिज्य संघलाइ बद्नाम गराउने काम गरेको व्यवसायीहरूको आरोप छ ।

कानुनले प्रतिबन्ध गरेको ढुकुटी खेलाउने कार्यमा समेत वर्तमान महासचिव तथा अहिलेका अध्यक्ष पदका उम्मेदवार अशोक देवकोटाको संग्लनता रहेको व्यवसायीहरूको आरोपसँगै व्यापारी र व्यवसायीहरुले नयाँ नेतृत्व छनाैटमा चनाखाे बन्न समेत अाग्रह गरेका छन ।

वर्तमान पदाधिकारी र केही उम्मेदवारहरुका गतिविधिले समग्र व्यवसायीकाे नै बदनाम गरेकाेले निर्वाचनलाई शुद्दिकरणकाे माैकाकाे रुपमा समेत लिन व्यवसायीहरुकाे अाग्रह छ ।

संघले प्रत्येक वर्ष आयोजना गर्ने महोत्सवमा समेत देवकोटाले आर्थिक गरेको केेेही व्यवसायीले बताए ।

 केही उम्मेदवारहरुले सहकारी संस्थाको अध्यक्ष भएको बेला अत्तरियाका व्यापारीहरूको शेयर तथा जम्मा गरेकाे पैसा हिनामिना गरेको  र  सहकारी उक्त समय देखि नै बन्द रहेको एक व्यापारीे जानकारी दिए ।

 अाम व्यापारीले कांग्रेस निकट उम्मेदवारमाथि प्रश्न उठाई रहँदा काँग्रेसभित्रबाट समेत कांग्रेसकै कार्यकर्ताले अहिले उम्मेदवार बनेकाहरूले विगतका पार्टीका चुनावहरूमा पार्टीलाई नै हराउन भूमिका खेलेको आरोप समेत लगाएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!