मलेशियामा २६ नेपाली ठगिको आरोप लागेका शेर्पा विरुद्ध दूतावासमा संयुक्त उजुरी

मलेशिया,असोज ११।मलेशियामा रहेका २१ वटा नेपाली सस्थाहरुले मजदुर ठगी विरुद्ध एकजुट हुँदै नेपाली दूतावासमा कारबाहीको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका छन।

मलेशियन सरकारले दिएको आममाफी कार्यक्रम गत अगस्ट ३१तारीखमा सकिय लगत्तै नेपाल पठाउछु भनेर २६ जना नेपालीलाई अलपत्र पार्न नेपाल आदिवासी जनजाती महासघ मलेशियाका पुर्व अध्यक्ष समेत रहेका फूपू तेम्बा शेर्पालाई प्रतिब्यक्ती २ हजार रिंगेट लिएर मजदुर ठगी गरेको आरोप सहित दूतावासमा उजुरी परेको छ।

आममाफी कार्यक्रममा सहभागी हुन नसके पछी सेर्पाले आफ्नो मातहत बाट नेपाल पठाइदिने भन्दै अबैधानीक रूपमा रहेका उनिहरु संग रकम ठगी गरेर मौन बसेको पीडितको आरोप छ।रकम बुझाएका उनिहरु मलेशियाको राजधानी आसपासका विभिन्न होटेल तथा आफन्तको सरणमा घर फर्किने आसा लिएर बसेका छन ।भने यता मलेशिया स्थित नेपाली दूतावासले जारी गरेको एक तर्फी यात्रा अनुमती पत्र को मिति समेत गत १९ तारीख नै सकिए पछी यत्तिखेर उनिहरु बिचल्लीमा परेको बताउछन।

याे पनि पढ्नुस  रोजगारी खोज्दै नेपाल आउने विदेशीको संख्या बढ्यो

यता पीडितले आफू ठगिएको उजुरी मलेसिया स्थित नेपाली दूतावासमा दिए पछी नेपाल आदिवासी जनजाती महासघ मलेसियाले शेर्पालाइ गत १९ तारीख नै पदबाट निलम्बन गरेको थियो भने बिहिवार विभिन्न संघसस्थाले शेर्पालाइ कारबाहीको माग गर्दै दूतावासको समेत ध्यानाकर्षण गराएका छन।

हाल अलपत्र अवस्थामा रहेका २६ जना नेपालीहरुले शेर्पा लाई स्वदेश फर्काउन बारम्बार आग्रह गर्दा पनि बेवास्ता गर्दै आश्वासन मात्र दिए पछि पीडितहरुले मलेशियामा गठित नेपाली सघ सस्थाहरु लाई गुहारेका थिए।
एन आरएनए मलेशियाको नेतृत्वमा सयुक्त ध्यानाकर्षण पत्र सहित दूतावास पुगेको टोलीले मजदुर ठगी बारे छानबिन गरेर दोषी देखिए शेर्पालाइ कडा कारबाही गर्न दूतावास समक्ष माग गरेका छन।

याे पनि पढ्नुस  रोजगारी खोज्दै नेपाल आउने विदेशीको संख्या बढ्यो

सयुक्त ध्यानाकर्षण पत्र बुझ्दै नेपाली दूतावास मलेशियाका कार्यवाहक राजदूत कुमार राज खरेलले पीडितहरुले मलेशिया स्थित स्थानीय प्रसासनमा समेत गएर ठगीको उजुरी दिएमा तत्काल कारबाही हुने बताएका छन ।

यता मजदुर ठगीको आरोप लागेका शेर्पाले आफ्नो चरित्र हत्या गरी विभिन्न मिडियामा समाचार सम्प्रेषण गरेका पत्रकार तथा समाजसेवी घनश्याम चौधरी(आर.एन)बिरुद्ध मलेशियन प्रशासनमा मानहानीको मुद्दा दर्ता गरेको बताएका छन्।

समाचार लेखेको भन्दै धम्की आएपछी घनश्याम चौधरी द्वारा जिवनरक्षाका लागि दूतावासमा निबेदन

हमर सैनेश डटकमका प्रधान सम्पादक तथा थारु समाज मलेशियाका संरक्षक तथा नेपाल आदिबाशी जनजाती पत्रकार महासघ साखा मलेशियाका सचिब समेत रहेका चौधरीले नेपाली दुतावास मलेशियामा आफ्नो जीवन रक्षाको लागि निबेदन दिएका छन।

याे पनि पढ्नुस  रोजगारी खोज्दै नेपाल आउने विदेशीको संख्या बढ्यो

केही दिन अगाडि शेर्पाले नेपाली मजदुरलाई ठगी गरि अलपत्र पारेको भन्दै विभिन्न अनलाइनमा समाचार सम्प्रेषण गरे पछि चौधरी लाई आरोपित फूपू तेम्बा शेर्पाले धम्क्याएका थिए।

आफूले गलत काम नगरेको र कुनै मजदुर लाई नठगेको सामाजिक सन्जालमा किटान गर्दै बारम्बार स्ट्याटसहरु लेख्दै हिडेका शेर्पाले आफू लाई गुण्डा लगाउन सक्ने र आफू असुरक्षित महसुस गरेको कारण जिवनरक्षाका लागि निवेदन दिएको निबेदनमा उल्लेख।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!