एसियन यु- १८ फुटबलमा नेपालको तेस्रो जीत, श्रीलङ्का १-० ले स्तब्ध

काठमाडौँ, असोज ११ । भारतमा जारी ४६ औँ एसियन स्कुल यु–१८ फुटबल च्याम्पियनसिपअन्तर्गत आज भएको खेलमा नेपालले श्रीलङ्कालाई पराजित गर्दै प्रतियोगितामा तेस्रो जित दर्ता गराएको छ ।

भारतको आगरामा जारी उक्त च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा तेस्रो जित दर्ता गराएको हो । नेपालको जितमा जय गुरुङ नायक बने । उनले खेलको ३५औँ मिनेटमा गरेको एक गोल नै नेपालको लागि निर्णायक सावित भयो ।

नेपालले उक्त च्याम्पियनसिपमा यसअघि खेलका पाँचमध्ये तीन खेलमा जित र दुई खेलमा हार बेहोरेको थियो । समूह ‘ए’मा रहेको नेपालले चीनलाई ३–१ र अफगानिस्तानलाई १३–१ ले पराजित गरेको थियो भने थाइल्याण्डसँग २–० र इण्डोनेसियासँग २–१ ले पराजित भएको थियो । नेपालले शुक्रबार भारतसँग खेल्नेछ ।

रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!