चीनले अमेरिकालाई फर्कायो यस्तो जवाफ

काठमाडौँ, असोज ११ । चीनले आफू कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने जनाएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनलाई अमेरिकामा भइरहेको मध्यावधि निर्वाचनमा हस्तक्षेप गरेको आरोप लगाएपछि चीनले त्यसको प्रत्युत्तरमा यस्तो प्रतिक्रिया दिएको हो ।

राष्ट्रपति ट्रम्पले बुधबार चीनलाई रिपब्लिकन पार्टी विरुद्ध काम गरिराखेको भन्ने अभिव्यक्ति दिएपछि चीनका विदेशमन्त्रीलर स्स्फ्नो देशलाई कुनै पनियो देशको अन्तरिक मामिलामा हस्तक्षेप गर्ने नीति नरहेको बताएका थिए ।

ट्रम्पले व्यापारको मामिलामा उनको कडा रवैयाका कारण चीनले आफ्नो पराजय चाहेको आरूप लगाएका थिए । उनी व्यापारको मामिलामा चीनलाई चुनौती दिने पहिलो अमेरिकी राष्ट्रपति हुन् ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेंज सुआङले यसमा प्रतिक्रिया दिँदै भनेका छन्, “कुन देशले अन्य देशहरूको भित्री मामिलामा अत्यधिक चासो लिँदै आइरहेको छ भन्ने अन्तर्राष्ट्रिय समुदायलाई राम्ररी थाहा छ, बेजिङले त्यस्तो गर्दैन ।”

गेंजले चीनसँग सम्बन्ध बिग्रिने काम नगर्न संयुक्त राज्य अमेरिकासँग आग्रह समेत गरेका थिए ।

एजेन्सी

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!