संसदको दुबै अधिवेशन अन्त्य, यस्तो रह्यो ५ महिने प्रगति ?

काठमाडौं, असोज ११ ।

संसदको दुबै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आजबाट सकिएको छ ।

प्रतिनिधिसभाका कृष्णबहादुर महराले राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको पत्र बाचन गरी बिहीबार राति १२ बजेदेखि संसद बैठक स्वतः अन्त्य भएको जानकारी गराएका हुन् ।

वैशाख २३ बाट आइतबार सुरु भएको प्रतिनिधिसभाको बैठक असोज ११ गते सकिएको हो । यो अवधिको १ सय ३५ दिनमा ८९ पटक बैठक बसेर १ सय ९३ घण्टा संसदीय काम कारवाही भएको प्रतिनिधिसभाका सभामुख महराले जानकारी दिए ।

याे पनि पढ्नुस  कर्मचारी सरुवामा सांसदहरुको आक्रोशः १ वर्षमा १६ जना सचिवको सरुवा किन ?

यो अवधिमा ४ पटक मात्रै प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बसेको थियो ।

यस अवधिमा संसदले आफ्नो नियमावली बनाउने, नीति तथा कार्यक्रम पारित गर्ने, बजेट पारित गर्ने, १८ वटा विधेयक पारित गरिएको सभामुख महराले जानकारी दिए ।

संसद अधिवेशन अन्त्य गर्दै सभामुख महराले आफ्नो जिल्ला र निर्वाचन क्षेत्रमा जाँदा सरकारका प्रतिवद्धता कार्यान्वयन भएनभएको विषयमा अनुगमन गर्न पनि सांसदहरुलाई आग्रह गरे ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!