को को परे पोखरा प्रिमियर लिगमा सहभागी टीम र तिनका मार्की खेलाडी ?

काठमाडौं, असोज ११ । आगामी कार्तिक ९    देखि २० गतेसम्म संचालन हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको पहिलो संस्करणका सहभागी टिम र मार्की खेलाडीको घोषणा भएको छ ।

बिहीबार आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले सहभागी ६ टिम र मार्की खेलाडीको घोषणा गरेको हो ।

पोखरा रङ्गशालामा संचालन हुने सर्वाधिक पुरस्कार राशिको हुने उक्त लिग प्रतियोगितामा खेलाडीहरूको छनौट अक्सन प्रक्रियाद्वारा हुने भएको छ । लिगको नियम अनुसार प्रत्येक टीममा दुइ जना विदेशी खेलाडी र दुई जना स्थानीय खेलाडी सहभागी हुनु आवश्यक रहेको छ ।

टि-ट्वेन्टी फर्म्याटमा संचालन हुने उक्त खेल प्रतियोगिता हिमालयन टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने जनाइएको छ ।

प्रतियोगितामा बुटवल ब्लास्टर, चितवन राइनोज, विराटनगर टाइटन, पोखरा पल्टन, एक्सपर्ट धनगढ़ी ब्लूज, काठमाडौँ रोयल्स रहेका छन् ।

उक्त टीमका मार्की खेलाडीहरूमा बुटवल ब्लास्टरमा सोमपाल कामी, चितवन राइनोजमा पारस खड्का, विराटनगर टाइटनमा सन्दीप लामिछाने, पोखरा पल्टनमा शरद भेसवाकर, एक्स्पर्ट धनगढी ब्लूजमा दिपेन्द्र सिंह ऐरी र काठमाडौँ रोयल्समा ज्ञानेन्द्र मल्ल रहेका छन् ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!