सदन छाेडेर सडकमा आउन बाध्य नपारियोस् : महतो

विरगन्ज, असोज ११ ।

राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले मधेशी जनताको धैर्यताको बाँध टुट्ने समय आउँदै गरेकोले कुनैपनि बेला आन्दोलनको घोषणा हुनसक्ने बताएका छन् ।

बीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा महतोले आफ्ना मागहरु पुरा गर्न सरकार संवेदनशील नभए सदन छाडेर सडकमा आउने चेतावनी दिएका हुन् ।  दुईतिहाइको सरकारले अहंं‌कारमा शक्तिको दुरुपयोग गरिरहेकाले बाध्य भएर सडकमा उत्रिनुपर्ने अवस्था आउन लागेको महतोको भनाई छ ।

नेता महतोले वर्तमान सरकार मधेस विरोधी रहेको पनि दाबी गरे ।उनले बारामा अन्र्तराष्ट्रिय विमानस्थल निर्माण अलपत्र पारेर सरकारले षडयन्त्र गरेको आरोप लगाए । साथै उनले विमानस्थल निर्माणका लागि रुख काटनुपर्ने घोषणा गरेर सरकारले विवाद उत्पन्न गराएको बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!