७३ औं महासभा : प्रधानमन्त्री ओलीकाे सम्बोधन आज

काठमाडौं, असोज ११ ।

प्रधानमन्त्री केपी ओलीले संयुक्त राष्ट्रसंघको ७३ औं महासभालाई आज सम्वोधन गर्दैछन् । महासभामा सहभागी हुन अमेरिकामा रहेका प्रधानमन्त्री ओलीले आज अपरान्ह सम्वोधन गर्न लागेका हुन् । ओलीले आजै राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम पनि छ ।

महासभामा सहभागि हुन अमेरिकामै रहेका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले आजै सार्क देशका विदेशमन्त्रीहरूको अनौपचारिक बैठक आयोजना गरेका छन् । बैठकमा पछिल्लो निर्वाचनपछि पाकिस्तान र भारतका परराष्ट्रमन्त्रीबिच पहिलो औपचारिक कुराकानी हुने जनाइएको छ ।

बैठकमा नेपालले केही वर्षयता भारतपाकिस्तान तनावका कारण अवरुद्ध रहेको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कलाई क्रियाशील बनाउने प्रस्ताव गर्ने तयारी गरेको छ ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओली पुनः सिंगापुर प्रस्थान

न्यूयोर्कबाट प्रधानमन्त्री ओली शनिवार कोस्टारिकाका लागि प्रस्थान गर्ने कार्यक्रम छ । कोस्टारिकामा पनि उच्चस्तरीय भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली आगामी असोज १७ गते नेपाल फर्कने कार्यक्रम छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!