मलेसियामा बेपत्ता सुकमाया थेबेको खोजी गरिदिन परिवारको आग्रह

मलेसिया,असोज ११। रोजगारीका लागि मलेशिया पुगेकी मगुरमादि ४ झापाकि सुकमाया थेबे बेपत्ता भएकी छन।

कम्जोर आर्थिक अवस्थाका कारण ८ बर्ष अघि काठमाडौको S V म्यानपावर बाट मलेसिया पुगेकि थेबे परिवारको सम्पर्कमा नआए पछी खोजी गरिदिन परिवारले अनुरोध गरेका छन।
मलेसिया गएको केही समय सम्म परिवारको सम्पर्कमा रहेकी उनी आफ्नो काम मन्त्री को घरमा रहेको र काम अलिक धेरै गर्नुपर्ने, पारिश्रमिक समयमा नमिल्ने तथा सम्झौता अनुसार भनेको काम अनि नपाए नभएको भन्दै आफु अबैधानिक भएर काम गर्दै आएको बताएकी थिइन्।

केहि दिन सम्पर्क बाहिर रहेर पुनः श्रीमान डम्बर बहादुर आदाङ्बे लाई आफू मन्त्री को घर बाट भागेर अबैधानिक रूपमा नेपाली होटल मा काम गर्न थालेको बताएकि उनी ७ बर्ष एता सम्पर्कमा नभएको पारिवारिक स्रोतले बताएको छ।

श्रीमती बाट धन सम्पत्तिको कुनै आपेक्षा नरहेको भन्दै कहि फेला परेमा (9803812998)नम्बरमा खबर गरिदिन आदाङ्बेले अनुरोध गरेका छन्।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!