पाकिस्तान बंगलादेशसँग पराजित, उपाधिका लागि को-को भिड्दै ?

काठमाडौं, असोज ११ । यूएइमा जारी एसिया कप क्रिकेटमा बुधबार राती भएको खेलमा पाकिस्तान बंगलादेशसँग पराजित भएको छ । यो सँगै फाइनलमा भारतसँग भिड्ने पाकिस्तानको सपना समाप्त भएको छ ।

 

अब उपाधिका लागि भोलि (शुक्रबार) भारत र बंगलादेश भिड्ने भएका छन् । पाकिस्तानलाई ३७ रनले पराजित गर्दै बंगालदेशले भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

 

पहिला ब्याटिङ गरेको बंगलादेशका लागि मुस्फिकुर रहीमले ९९ तथा मोहम्मद मिथुनले ६० रनको उत्कृष्ट पारी खेले पछि पाकिस्तानलाई २४० रनको लक्ष्य दिएको थियो । यो संगै बंगलादेशले अहिले सम्म उपाधि जित्न नसके पनि तेस्रो पटक फाइनलमा स्थान बनाएको हो ।

 

पाकिस्तानले लक्ष्य पछ्याउने क्रममा ९ विकेट गुमाउँदै २०२ रनमा रोकिएको थियो । पाकिस्तानका आलगि इमाम उल हकले ८३ रन बनाएका थिए । बंगलादेशका मुस्ताफीजुर रहेमानले ४ विकेट लिएका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!