कोरियामा पत्रकार महासंघको अधिबेशन सम्पन्न अध्यक्षमा रन्जनराज कुवंर निर्वाचित

कोरिया,असोज ११।नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको छैठौं अधिबेशन मंग्लवार सम्पन्न भएको छ।

महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न अधिबेशनलले निर्वाचनबाट निबर्तमान वरिष्ठ उपाध्यक्ष रन्जनराज कुवंर लाई अध्यक्षमा निर्वाचित गरेको छ। उनका प्रत्यासी निवर्तमान उपाध्यक्ष सन्दिप पाण्डे भन्दा २ मत बढी ल्याई कुवंर बिजय भएका छन।

अधिबेशनमा जम्मा ४२ मतदाता रहेकोमा ३४ जना मतदाताको उपस्थिति रहेको थियो। ३४ मध्ये १८ मत रन्जन कुवंर को पक्ष मा खस्यो भने १६ मत सन्दिप पाण्डेको पक्षमा खसेको थियो।
तेस्तै बरिस्ठ उपाध्यक्षमा किशन गौतम,उपाध्यक्षमा द्वोय दुर्लभ बन्धु पोखरेल र रेश्मा राई ,महासचिवमा मीन बहादुर बिक सचिवमा द्वोय केशव पोखरेल
र निकुञ्ज तिवारी,कोषाध्यक्षमा बबिता बोली क्षेत्री निर्वाचित भएका छन।
अन्य सदस्यहरुमा वामदेव देवकोटा ,कृष्णप्रसाद न्याैपाने,गरुदत्त न्याैपाने,सविना कार्कि,कृष्णप्रसाद शर्मा,हरि प्रसाद अधिकारी निर्वाचित भएका हुन।

याे पनि पढ्नुस  टेलिभिजनमा प्रवेश गरी पत्रकारलाई पक्राउ र दुर्व्यवहार गरेकोप्रति महासंघको अपत्ति

यस्तै केन्द्रीय पार्षदमा खेम कार्कि,डम्बर सुब्बा,यम शिरीष मगर र किशाेर काेइराला निर्वाचित भएका छन।
सहमति नभए पछि अन्तिममा निर्वाचन मार्फत नेतृत्व चयन गरिएको हाे।
कार्यक्रम उद्घाटनमा महासघका केन्द्रीय अध्यक्ष गाेविन्द्र आचार्यले पेशागत मर्यादा जाेगाउनपत्रकार हरुलाइ निर्देशन दिदै राज्यले मिडिया काे लागि ल्याएको केही ऐनहरु संशोधन गर्न महासघ सधैं लडिरहेको बताएका छन्।

कार्यक्रममा प्रमुख अथिती नबाएको भन्दै राजदूत आक्रोशित

दक्षिण कोरियास्थित नेपाल पत्रकार महासंघ शाखाको छैटौँ महाधिवेशनमा पूर्व परराष्ट्र सहायकमन्त्री समेत रहेका कोरियाका लागि नेपाली राजदूत अर्जुनजङ्गबहादुर सिंहले आफुलाइ कार्यक्रमको प्रमुख अथिती नबएको भन्दै आक्रोशित बनेका छन।

याे पनि पढ्नुस  उत्तर कोरिया भन्छ, 'आइन्दा दक्षिण कोरियासँग वार्ता हुँदैन'

पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य प्रमुख अतिथि रहेको कार्यक्रममा राजदूत सिंहलाई विशिष्ठ अतिथिको रुपमा निम्त्याइएको थियो। निर्धारित समयभन्दा १ घण्टापछि मात्र कार्यक्रममा पुगेका उनी आफूलाई प्रमुख अतिथि नबनाइएकोमा आक्रोस पोखेर तत्काल कार्यक्रमबाट बाहिरिएको भिडियो सार्बजनिक भएको छ।

पत्रकार महासंघ कोरियाको के नियत हो यो? राजदूत प्रोटोकलमा दशौँ नम्बरमा पर्छ’अनुहार रातो पार्दै उनले प्रश्न गरे‘त्यसलाई तपाईंहरुले ख्याल गर्नु पर्दैन?’

यति भन्दै उनले पत्रकार महासंघका अध्यक्षलाई प्रमुख अथितिका रुपमा बोलाइएपछि आफूलाई पनि बोलाएर पत्रकार महासंघ कोरिया शाखाले अपमान गरेको दावी गरे।

याे पनि पढ्नुस  उत्तर कोरिया भन्छ, 'आइन्दा दक्षिण कोरियासँग वार्ता हुँदैन'

‘केन्द्रीय सभापतिलाई बोलाइसक्नु भएको छ भने तपाईंहरुले मलाई बोलाउनु पर्ने आवस्यकता थिएन’उनले भने‘आइन्दा यस्तो प्रकारको गल्ती भयो भने दुतावासलाई स्वीकार्य हुँदैन।’

यस्तो छ राजदूत अर्जुनजङ्गबहादुर सिँहको अभिव्यक्ति (भिडियो)

कमेन्ट गर्नुहोस्

error: Content is protected !!