नेकपा अध्यक्ष प्रचण्ड सिंगापुर प्रस्थान

काठमाडौं, असोज १० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीताको उपचारका लागि आज साँझ सिङ्गापुर प्रस्थान गरेका छन् ।

 

यसअघि उनको सिङ्गापुरको माउन्ट एलिजावेथ अस्पतालमा उपचार गरिएको थियो । पत्नी सीताको उपचारको ‘फलोअप’ का लागि अध्यक्ष दाहाल सिङ्गापुर प्रस्थान गरेका उनको सचिवालयले जनाएको छ ।

 

सीता मधुमेह, उच्च रक्तचापबाट पीडित हुँदै आएकी छन् । उनका साथमा छोरी गंगा दाहाल र भतिजा समिर दाहालसमेत त्यसतर्फ गएका छन् । नेपालमा उपचार सम्भव नभएपछि उनलाई भारत लगिएको थियो ।

 

केही समय भारतमा उपचार गराए पनि स्वास्थ्यमा सुधार नदेखिएपछि गत असारमा सीताको सिङ्गापुरमा उपचार गरिएको थियो । माउन्ट एलिजावेथ अस्पतालमा उपचारपश्चात् उनको स्वास्थ्यमा क्रमिक सुधार देखिएको थियो । -रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!