फरार व्यक्ति पक्राउ

मेलम्ची, १० असोज . चोरी मुद्दाका फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका– २ का ३५ वर्षीय छेवाङ पाख्रिन रहेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट गएको प्रहरी टोलीले अदालतबाट फैसला भई कैद भुक्तानी गर्न बाँकी रहेका फरार अभियुक्त पाख्रिनलाई पक्राउ गरेर पुनः अदालतमा बुझाएको छ ।

विसं २०७१ माघ १९ गते पाख्रिनलाई एक महिना १५ दिन कैद र रु एक लाख ५६ हजार ३०६ जरिवाना तोकिएकोमा सो जरिवाना समेतलाई कैदमा परिणत गर्दा हुन आउने जम्मा चार वर्ष १९ दिनको कैद भुक्तानी गर्नुपर्नेमा सोही मितिदेखि फरार रहेका पाख्रिनलाई पक्राउ गरी अदालतमा बुझाएको सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक विमलराज कँडेलले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!