खुर्सिदको हत्यारालाई कानूनको कठघारामा ल्याईछाड्ने गृहमन्त्री थापाको प्रतिबद्धता

काठमाडौँ, असोज १० । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुनसरीमा अज्ञात समूहले गत असोज ४ गते हत्या गरेका खुर्सिद आलमको हत्यारालाई कानूनको कठघारारमा ल्यार्इ छाड्ने बताएका छन् ।

बुधबार गृह मन्त्रालयमा मृतक खुर्सिदको परिवारका सदस्य र सो क्षेत्रका जनप्रतिनिधिहरुसँगको भेटमा गृहमन्त्री थापाले घटना लगत्तै छानविन समिति गठन गरी समितिले काम अघि बढाएको र केही दिनमै हत्याराको पहिचान हुने विश्वास व्यक्त गरे ।

उनले मृतक अन्सारीका परिवारका प्रति समवेदना प्रकट गर्दै घटना लगत्तै अोन्सरीलाई सहिद घोषणा गरिसकेको र उनको परिवारलाई दिने भनिएको राहत रकम दुई-चार दिनमै परिवारका सदस्यले पाउने जानकारी दिए ।

भेटमा उनले भने,‘ यो घटनालाई मैले गम्भिर रुपमा लिएको छु, अपराधी जोसुकै भएपनि कारबाहीको दायरामा ल्याई छाड्छौं । ’

उनले नेपालमा रहेका मुस्लिम समुदायको सुरक्षालाई सरकारले विशेष प्राथमिकतामा राखेको प्रष्ट पारे ।

भेटमा सहभागी मृतक खुर्सिदका भाई जावेद आलम र काका जमिल आलमले घटना भएको एकहप्ता बित्दासमेत हत्यारा अझै पक्राउ नगरीएको भन्दै छिट्टै पक्राउ गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराए ।

उनीहरुले घटनापछि खुर्सिदलाई लाञ्छना लगाएर मिडियामा आएको समाचारले आफूहलाई झनै पीडा थपिएको बताए । उनीहरुले मृतक खुर्सिदलाई नियोजितरुपमा आरोप लगाईएको भन्दै लगाईएको आरोप तथा आरोप लगाउनेहरुबारे समेत छानविन गर्नुपर्ने गृहमन्त्रीसँग माग राखेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!