अग्रिम टिकट बुकिङ खुला भएकाे २ दिनमै यात्रुहरुको घट्यो लाइन

काठमाडौं असोज १० । विभिन्न बहानामा सार्वजनिक यातायात अवरुद्ध हुँदा यात्रुहरु दशैंका लागि टिकट नपाइने त्रासमा थिए। तर, सरकार र यातायात व्यवसायीबीच भएको वार्तापछि खुलेको अग्रिम टिकट बुकिङको लामो लाइन दुई दिनमै घटेको छ।

दशैंका अधिकांश यात्रुहरु छिट्टै घर जान थालेकाले अग्रिम टिकट बुकिङ गर्नेको लाइन खासै लामो नभएको यातायात व्यवसायीहरु बताउँछन् ।

असोज २ गते देखि चालक हरुले हड्ताल गर्दै सवारी साधन नै चलाएनन्। पैदल यात्रुलाई गाडीले ठक्कर दिई मरेमा १० वर्ष कैद गर्ने नयाँ कानुनको विरोध गर्दै ४ दिन हड्ताल गरेका थिए।

त्यस्तै, यातायात वयवसायीहरुले पनि भाडादर बढाउनुपर्ने भन्दै दशैंको अग्रिम टिकट बुकिङ खुलाउन आनाकारी गरेका थिए ।

नेपाल सरकारले गत भदौ २४ गतेदेखि उपत्यकाबाट बाहिरिनेको लागि अग्रिम टिकट बुकिङ खुलाउने योजना राखेपनि उनीहरुले मानेका थिएनन् । सरकार र व्यवसायीहरुको वार्तामा १० प्रतिशत भाडा वृद्धि गर्ने सहमति भएपछि उनीहरुले ८ गतेदेखि अग्रिम बुकिङ खोलेका हुन्।

तर, गत वर्षमा जस्तो टिकट लिनेको धेरै ठूलो लाइन भने छैन। बिहान तथा बेलुका सानो लाइन देखिएपनि दिउँसोको समयमा कुनैपनि रुटको टिकटमा लाईन नभएको नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य बताउँछन्।

यातायात संचालनमा केहि दिन अघि समस्या देखिएकोले सर्वसाधारणहरु अहिले नै घर जान थालिसकाले घटस्थापना पछि जानको लागि उनीहरुले टिकट बुकिङमा रुचि नराखेको उनले बताए ।

बाध्यताले बस्नै पर्ने बाहेक धेरै जसो दशैंको लागि घर जान थालिसकेको उनको भनाई छ ।

गोगंबु बसपार्कमा अग्रिम टिकट बुकिङ खुला भएको २ दिनमै लाइनमा कमी अाएका केही झलकहरु-

 

नेपालखबरबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!