गायिका मेलिना राईको ‘दशै-तिहार’ गीत बजारमा

नेपालीहरुको महान चाड दशै तिहार नजिकिँदै गर्दा दशैंको झल्को दिँदै मेलिना राईको नयाँ गीत सार्वजनिक भएको छ ।

‘कति म सम्झुँ’ बोलको बियोगान्त गीतलाई रामचन्द्र ढकालले लेखेका हुन् भने प्रकाश नेपालीले संगीत दिएका हुन् ।

लामो समयसम्म एकैसाथ श्रीमान श्रीमतीले दशै मनाउँन नपाउँदाको पीडा समावेश गरिएको उक्त गीतमा कृष्ण महर्जनको संगीत संयोजन रहेको छ ।

सार्बजनिक गीतलाई उत्सव दाहालले खिचेका हुन् भने मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । बि स्टार फिल्मस्को ब्यानरमा निर्माण गरिएको भिडियोमा मरिष्का पोखरेल र रामकृष्ण वाईवाको अभिनय रहेको छ ।

भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन् ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!