पञ्चायतकालीन एेन तत्काल खारेज गर्न अध्यक्ष प्रचण्डको अाग्रह 

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पञ्चायतकालीन ऐन तत्काल संशोधन गर्न सरकारलाई आग्रह गरेका छन् ।

बुधबार नेपाल पर्यटक यातायात व्यवसायी संघको १५ औं वार्षिक साधारणसभालाई राजधानीमा उद्घाटन गर्दै उनले पूरानै ऐन, कान”नका कारण मुलुकमा अन्तरविरोध बढ्दै गईरहेको पनि स्मरण गराए ।

अध्यक्ष प्रचण्डले ऐन, कानूनको उचित व्यवस्थापन नभएकै कारण देशमा अन्तरविरोधि गतिविधि भइरहेकोतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

अध्यक्ष प्रचण्डले राज्यले व्यवसायीहरुलाई प्रोत्साहन गर्ने नीति लिनुपर्ने आवश्यकता पनि औंल्याए । उनले नाफाको सुनिश्चितताको लागि राज्यले व्यवस्था गर्न सकेमात्रै मुलुकको समृद्धिको यात्रामा व्यवसायीहरुले सक्दो पहल गर्नसक्ने पनि स्पष्ट पारे ।

अध्यक्ष प्रचण्डले सरकारले व्यवसायीहरुलाई कर असुल्ने माध्यमको रुपमा मात्रै लिन नहुने पनि बताए । उनले मुलुकलाई समृद्ध बनाउने आधारको रुपमा रहेको पर्यटन क्षेत्रको विकासमा आफूले सक्दो सहयोग गर्ने आश्वासन पनि दिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!