सेनाबाट निर्माण कार्यको जिम्मा दिएकोमा सरिता गिरीको आपत्ति

काठमाडौं, असोज १० ।  सांसद सरिता गिरीले बिभिन्न निर्माण आयोजनामा नेपाली सेनाको उपस्थितिको बिरोध गरेकी छिन् ।

व्यवस्थापिका संसदको आजको बैठकमा बोल्दै सांसद गिरीले नेपाली सेनालाई निर्माण योजनाको जिम्मा दिन नहुने जिकिर गरिन ।

“नागरिक बेरोजगार छन्, सेनाले काम पाइरहेको छ ।’ सांसद गिरीले भनिन, “निर्माण कार्यको जिम्मा सेनालाई दिनु गलत छ । यसबाट नागरिकले काम नपाएर गरिबी बढेको छ ।”

सांसद गिरीले नेपाली नागरिकले पाउने सेनाले पाइरहेको बताउँदै तत्काल सेनालाई जिम्मा दिइएको काम नागरिकलाई दिनुपर्ने बताइन । उनले सेनालाई खर्च अपुग भए सेनाको संख्या घटाउन समेत माग गरिन ।

यसैगरी सांसद गिरीले निजगढ विमानस्थलमा एउटा सहमति भएपछि मात्रै काम अघि बढाउनुपर्ने बताउँदै तारबार गरिएकोमा बिरोध समेत गरिन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!