वीरेन्द्र र सपनाको ‘यो दिलबाट’ गीतको छायाँकन सम्पन्न, दशैंको साइतमा सार्वजनिक गरिने

इटहरी, असोज १० । संचारकर्मी तथा गीतकार वीरेन्द्रकुमार शाहको शब्द रचना तथा गायिका सपना गिरीको सुमधुर स्वरमा रहेको ‘यो दिलबाट’ बोलको गीतको म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ ।

यस गीतमा अर्जुन सेन्चुरीको संगीत रहेको छ ।

पछिल्लो समय मोडलिङ क्षेत्रमा आफ्नो नाम र कामलाई वजनदार बनाउँदै गएकी मोडल इशा परियारसँग स्वयं गीतकार वीरेन्द्रले अभिनय गरेका छन् ।

उक्त म्यूजिक भिडियोलाई मार्टिना मेकअप स्टुडियो इटहरीले निर्माण गरेको हो भने डिथ्री अनलाईनको प्रस्तुति रहने छ । मोडल इशा परियारकै कन्सेप्टमा इटहरीका रंग मिडियाकर्मी सुवास संकल्पले छायांकन तथा निर्देशन गरेका हुन् ।

दशैंको अवसर पारेर सार्वजनिक गरिने भनिएको म्यूजिक भिडियोलाई छायांकन सकिएसँगै सम्पादनको कार्य धमाधम भइरहेको छ । सुस्मिता श्रेष्ठ र संजय थापाको निर्माण व्यवस्थापन तथा उर्वी श्रेष्ठको मेकअप रहेको म्यूजिक भिडियो इटहरी र आसपासमा छायांकन गरिएको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!