विप्लव समूहद्वारा रोल्पा बन्द, नगरपालिकामा तालाबन्दी

रोल्पा, नेत्र बिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको बन्दका कारण रोल्पा जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

आफ्नो पार्टीका जिल्ला सेक्रेटरी सन्तोष सुवेदीलाई प्रहरीले पक्राउ गरेको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले रोल्पा बन्द आह्वान गरेको हो ।
बन्दका कारण बिहानैदेखि जिल्ला भित्रिने र बाहिरिने कुनै पनि सवारी साधन चलेका छैनन् भने शैक्षिक संस्था पनि पूर्णरुपमा ठप्प भएका छन् ।

जिल्लाका बजारसमेत बन्द छन् ।

नेकपाका कार्यकर्ताले सदरमुकाम लिवाङमा रहेको रोल्पा नगरपालिकासहित जिल्लाका भरका अधिकांश वडा कार्यालयहरुमा तालाबन्दी गरेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!