रक्सी खाने र बेच्नेहरु संकटमा, संसदमा आउँदैछ यस्ताे प्रस्ताव !

काठमाडौं, मदिराको सेवनका कारण समाजमा अपराध बढेको र स्वास्थ्यमा समेत गम्भीर असर पर्ने भएकोले आज व्यवस्थापिका संसदमा जरुरी महत्वको प्रस्ताव दर्ता हुन गइरहेको छ ।

यो प्रस्तावले मदिरा कसले, कहाँ, कसरी र कति खाने तथा कसले कसलाइ कति बेच्ने भन्ने कुरामा निर्देशिका बनाउन माग गरेको छ ।
नेकपाका सांसद सांसद झपटबहादुर रावलले जनस्वास्थ्यको लागि हानिकारक मदिरा जुनसुकै समय, जुनसुकै उमेर समूहका व्यक्तिलाई बेचबिखन गर्ने कार्यले नकारात्मक असर पर्दै गएकोले विद्यमान कानुनको कडाइका साथ लागू गर्न मदिरा बेचबिखन सम्बन्धी नयाँ निर्देशिका तयार गरी तत्काल कार्यान्वयन गर्न आवश्यक भएकोु भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्न लागेका हु्न।

प्रस्तावलाई सद कृष्णभक्त पोख्रेल र वसन्तकुमार नेम्वाङ्गले समर्थन गर्नेछन्।

त्यसो त मदिरा नियन्त्रण या बेचबिखनसम्बन्धी कानुन नभएको होइन । तर त्यो कार्यान्वयन भने भएको छैन ।

भरतलगायत विश्वका कतिपय देशमा मदिरा सबैले खान पनि पाउँदैनन र सबैले बेच्न पनि पाउँदैनन । तर नेपालमा भने तरकारी पसलदेखि कष्मेटिक पसलसम्म र साना भट्टीदेखि सबैजसो होटलमा मदिरा सहजै पाइन्छ । यसले गर्दा जनस्वास्थ्यमा प्रतिकूल असर मात्र नभई सामाािजक अपराधमा समेत बृद्धि भएको बिभिन्न् तथ्यांकहरुले देखाउँदै आका छन् ।
प््रस्तावमा के छ ?
१. मदिरा स्वास्थयको लागि हानिकारक पदार्थ हो, यसले एकातर्फ सेवनकर्ता नागरिकका स्वास्थ्थमा नकारात्मक असर पार्दछ भने अर्को तर्फ मदिरा सेवनका लागि समाजमा विभिन्न प्रकृतिका हिंसा, अपराधहरु ऋकालमा मृत्यु हुन जस्ता घटनाहरु भइरहेका हुन्छन्।

२. अनाधिकृत रुपमा मदिरा उत्पादन र बेचबिखन आजकै मितिमा अन्त्य गर्न नसकिए पनि यसको उत्पादनमा न्यूनिकरण र बेचबिखन व्यवस्थित गर्नु पर्ने तत्कालै आवश्यकता खडकिएको छ। जुनसुकै ठाउँ जुनसुकै समय, जुनसुकै उमेर समूहका व्यक्तिलाई मदिरा बेचबिखन गरिने कार्य तत्काल रोकिनु पर्दछ। भारत लगायत विश्वका सबैजसो राष्ट्रहरुमा मदिरा बेच्न निश्चित स्थान, समय राज्यले तोकिदिएको हुन्छ,ु

३. बालबालिकालाई मादक पदार्थ खरिद गर्न र संकलन गर्न निषेध गरिएको पाइन्छ। त्यसैले नेपाल सरकारले तत्काल मदिरा बेचबिखन सम्बन्धी कानुन भएपनि यसको पालना तथा अनुगमन नभएकोले कानुनको कार्यान्वयन कडाईका साथ लागू गर्न र मदिरा बेचबिखन सम्बन्धी नया निर्देशिका तयारी गरी तत्काल कार्यान्वयन गर्न जरुरी छ ।

  • मदिरा सेवन कर्तालाई परिचपत्र दिने व्यवस्था दिनु पर्ने
  • मदिरा बिक्रि वितरण गर्न मिल्ने स्थान एकिन गर्नु पर्ने
  • मदिरा बिक्रिकर्ता र खरिदकर्ताको योग्यता (उमेर समूह) तोक्नु पर्ने
  • मदिरा खरिद बिक्रि गर्ने समय तोक्नु पर्ने
  • मदिरा सेवन परिचयपत्र बिना मदिरा सेवन गर्न नपाइने व्यवस्था गर्नु पर्ने
  • मदिरा सेवनको मात्रा तोक्नु पर्ने
  • घरेलु मदिराको गुणस्तरको लागि मापदण्ड तोक्नु पर्ने (अखाद्य पदाधको मिसावट रोक्न) युरिया, सुत्केरीको साल, जुत्ताको फोहार मोजा मिसाउन नपाउने
  • मदिरा सेवन कर्ताले अपराध गरेमा गैह मदिरा सेवाकर्तालाई भन्दा बढी सजाय को व्यवस्था गर्नु पर्ने

कमेन्ट गर्नुहोस्

error: Content is protected !!