महासभामा नेपालकाे ‘भिजिबल डिप्लोमेसी’ [फाेटाेफिचर]

काठमाडाैँ, असाेज १० ।

तस्बिर : रासस 

प्रधानमन्त्री केपी ओली यति बेला संयुक्त राष्ट्रसंघको महासभाका लागि न्युयोर्कमा छन् । गत शनिबार जम्बोटाेलीसहित अमेरिका प्रस्तान गरेका उनी र उनकाे टोली भिविन्न भेटघाटमा व्यस्त छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको दुई भेटवार्ता र आज संयुक्त राष्ट्र संघको मुख्यालयभित्र ट्रस्टिसिप च्याम्बरमा आयोजित ‘शान्ति स्थापनार्थ कारवाही’ (एक्सन फर पिसकिपिङ) को उच्चस्तरीय बैठकमा प्रधानमन्त्री ओलीले गरेको सम्बोधन यति बेला चर्चामा छ । उनले हरेक द्वन्द्वको परिस्थिति फरक हुने र त्यसका लागि भिन्न सम्बाेधन आवश्यक हुने बताए ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओली पुनः सिंगापुर प्रस्थान

सम्बोधनमा उनले भने, द्वन्द्वको राजनीतिक समाधान खोज्नुपर्ने र घरमै तयार भएको, राष्ट्रले स्वामित्व लिएको र नेतृत्व दिएको राजनीतिक प्रक्रियाले दिगो शान्ति दिनसक्छ भन्ने कुरालाई नेपालले स्पष्टसँग प्रदर्शन गरेको छ ।’ प्रधानमन्त्री ओलीले बिहीबार महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यस्तै पररष्ट्र मन्त्रीलगायतका टोलीका सदस्य पनि विभिन्न देशका समकक्षीसँग भेटवार्तामा व्यस्त छन् । नेपालकाे अहिलेकाे प्रस्तुति अघिल्ला महासभामा नेपालको प्रस्तुतिभन्दा केही भिन्दै र ‘भिजिवल डिप्लोमेसी’ देखिएको छ । यसले ल्याउने रिजल्ट र भाेलि हुने प्रधानमन्त्रीको सम्बोधन भने हेर्न बाँकी नै छ । हेरौं यही सेरोफेरो तयार पारिएको फोटोफिचर ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओली पुनः सिंगापुर प्रस्थान

कमेन्ट गर्नुहोस्

error: Content is protected !!