बजारमा सुनको मूल्य स्थिर, चाँदीको बढ्यो !

काठमाडौं, असोज १० । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्यमा कुनै परिवर्तन भएको छैन ।

मंगलबार बजारमा छापावाल सुन प्रतितोला ५८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि बजारमा सुन प्रतितोला ५८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

मंगलबार तेजावी सुन प्रतितोला ५८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि बजारमा सुन प्रतितोला ५८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, बुधबार बजारमा चाँदीको मूल्य पाँच रुपैयाँले बढेको छ ।

म्रगलबार बजारमा चाँदी प्रतितोला मूल्य ७२५ रुपैयाँमा कारोबार भएको थियो भने आज पनि बढेर चाँदी प्रतितोला ७३० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!