धनगढीबासी राजधानी र नामांकनका विरुद्ध संसद घेराउ !

कैलाली, असोज १० । कैलालीको धनगढी उप-महानगरपालिकाका बासिन्दाले प्रदेश सातको स्थायी राजधानी र नामांकनका विरुद्ध आन्दोलन गर्ने तयारी गरेका छन् । मंगलबार १ बजे प्रदेश नं ७ को संसद भवन घेराउ गर्ने तयारी भैरहेको छ ।

अस्थायी राजधानी धनगढी रहेको र राज्यले ठूलो लगानी धनगढीमा लगाई सकेको अबस्थामा भूमाफिया र बन तस्करहरु संग मिलेर गोदावरीमा राजधानी तोक्ने प्रस्ताव राखेको धनगढी नागरिक समाज धनगढीका प्रतिनिधी हरी रेग्मीले बताए ।

धनगढी उप–महानगरपालीकाका प्रमुख नृपबहादुर वडले राज्यले करोडौ लगानी धनगढीमा लगाएको बताए । उनले भने,‘सुनुयोजित रुपमा तस्करहरु मिलेर बन फडानी गरेर संरचना बनाउनु गलत हो । उनले कसैसंग पनि सुझाव नलिएको बताए ।

धनगढीका बासिन्दाहरुको माग धनगढीमा राजधानी हुनुपर्छ भन्ने हो नागरिक समाजका प्रतिनिधी अमृत बिसीले भने,‘सरकार दलाली गर्न खोज्दै छ । प्रदेश नम्बर ७ को स्थायी राजधानी र नामाङ्कनकालागि गठित विशेष सुझाव समितिको प्रतिवेदन मंगलबार प्रदेश सभामा पेश गरिएको छ ।

सासंद तारालामातामाङको नेतृत्वमा गठन भएको संसदीय समितीले तयार पारेको प्रतिवेदनप्रदेश सभामा पेश गरिएको हो । संसदीय समितीले प्रदेशको राजधानीगोदावरी नगरपालिका वडा नम्वर ४ तेघरी र नाम सुदूरपश्चिम राख्न सुझाव दिएको छ ।

भदौ ५ गते संसदीय समितीले सभामुख अर्जुनबहादुर थापालाई प्रतिवेदन पेश गरेपनि झण्डै्र एक महिनापछि संसदमा प्रतिवेदन पेश गरिएको हो । प्रदेश सभामा पेश भएको २४ घण्टा पछि मात्र प्रदेश सभामा प्रतिवेदन माथिको छलफल शुरु हुने छ। प्रदेश सभाका सदस्यहरुले राजधानी र नामाकंनका लागि थप प्रस्ताव तथा संसोधन हाल्न पाउने छन । बुलबुल नेपालबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!