परराष्ट्रमन्त्री ज्ञवाली र बेलायतका राज्यमन्त्री फिल्डबीच भेटवार्ता

न्यूयोर्क, असोज १० । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मंगलबार संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा बेलायतका एशिया प्रशान्त मामिला राज्यमन्त्री मार्क फिल्डसँग भेटवार्ता गरेका छन् ।

उक्त अवसरमा दुई पक्षीय हित तथा चासोका विषयमा छलफल भएको थियो ।

सो अवसरमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव भरतराज पौडेल तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी परराष्ट्रमन्त्री ज्ञवालीका साथमा रहेका थिए ।

संयुक्त राष्ट्रसंघको महासभाको ७३औँ अधिवेशनमा भाग लिन दुई मुलुकका परराष्ट्रमन्त्री यहाँ आइपुगेका हुन् । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!