डण्डा चलाएर नियन्त्रण हुन्न यौन व्यवसाय

जमुना सिटौला । सन् १९९४ मा सम्पन्न जनसंख्या तथा विकास विषयक संयुक्त राष्ट्रसंघीय सम्मेलनले पहिलोपल्ट जोडदाररूपमा प्रजनन स्वास्थ्यअधिकारलार्ई मानव अधिकारको सन्दर्भमा स्थापित गराएर विश्वको ध्यानाकर्षण गराइसकेको र उक्त सम्मेलनद्वारा पारित कार्ययोजनालाई विशेषतःमहिलाहरूको प्रजनन् स्वास्थ्य र अधिकारको सुरक्षाका निम्ति पहिलो अन्तर्राष्ट्रिय दस्तावेजका रूपमा लिइन्छ र यसै दस्तावेजका आधारमा विश्वभरि महिला प्रजनन् अधिकारको क्षेत्रमा पैरवी र नीतिनिर्माण गर्न प्रशस्त बल पु¥याइरहेको परिप्रेक्षमा हालै नेपालको संविधानले समेत सबै महिलाको प्रजनन अधिकारलाई सुनिश्चित गरिसकेको छ ।

 

विद्यमान नेपालको संवैधानिक कानुनले कुनै पनि महिला माथि हुने शारीरिक, मानसिक तथा अन्य जुनसुकै प्रकारका हिंसा दण्डनीय हुन्छ भनेर महिलाहरूको अधिकारलाई सुनिश्चित गरेको छ । यदिप,प्रजननअधिकारको कुरा गर्दा जुनसकै पेशामा संलग्न लगायत सबैमहिलाले यसको निर्वाधरूपमा उपभोग गर्न पाएका छन् किछैनन्, यदि छैनन् भने ती महिलावर्गको पहिचान गरी पैरवीका प्रयासहरू गरिनुपर्दछ ।

 

नेपालको सन्दर्भमा यौनकर्मी महिला र उनीहरूको यौन तथा प्रजनन स्वास्थ्य र अधिकार कहिलै पनि कसैको चासोको विषय बन्न सकेन । अव्यवस्थित र छरपस्ट ढङ्गले समाजमा दु्रतगतिमा पैmलिररहेको यो यौन व्यवसायसँगै यसको असर समाजका अन्य वर्गमा पनि पर्न जाने र त्यसबाट नसोचिएका समस्याहरू थपिँदै जाने जोखिम दिनप्रतिदिन बढिरहेको छ ।

 

नेपालमा यौनकर्मीहरूको सङ्ख्या कति छ भन्ने भरपर्दो र आधिकारिक तथ्याङ्क छैन । तर विभिन्न सरोकारी संस्थाहरूले गरेका अध्ययनका आधारमा नेपालमा यौनकर्मीहरूको सङ्ख्या २५ देखि ३० हजार हाराहारि रहेको अनुमान गरिएको छ । नेपालमा यौन व्यवसायलाई हेयको दृष्टिले हेर्ने र यसमा संलग्नलाई विभिन्न तवरले लाञ्छित् गर्ने र वहिष्करणमा समेत पार्ने कारणले यस्तो कर्म कानुन र समाजलाई छलेर गरिने हुँदा यौनकर्मीहरूको सङ्ख्या यो भन्दा निकै बढी हुन सक्ने अनुमान गरिएको छ ।

 

नेपालपनि बढ्दो शहरीकणको असरबाट अछूतो छैन, धमाधमनयाँ–नयाँशहरहरू सिर्जनाहुने र थुप्रै पुराना गाउँहरू नवनगरमा परिणत हुने क्रमसँगसँगै यौनकर्मीहरू पनि आपूm अनुकूल विभिन्न नगरहरूमा अव्यवस्थित तवरले छरिने क्रम तीब्र गतिमा बढिरहेको छ । अध्ययनअनुसार काठमाडौंमा ८० प्रतिशत र पोखरामा ५० प्रतिशत यौनकर्मी बाहिरी तथा वरिपरिका जिल्लाबाट आएकाहरू छन् ।

 

यौनकर्मीहरूमा एच.आई.भी. संक्रमणको सम्भावना अन्य मानिसका तुलनामा १२ गुणा बढी हुने तथ्यहरूले देखाएका छन् । अधिकांश विवाहित र अशिक्षित छन् र ज्यादै थोरैलाई मात्र यौन संक्रमण÷एच.आई.भी. संक्रमणबारे ज्ञान भएको अध्ययनले जनाएको छ । यसरी यौनकर्मीहरूको अनियन्त्रित बसाइँ–सराइसँगसँगै उनीहरूको असुरक्षित व्यवहारले एच.आई.भी. लगायत विभिन्न यौनजन्य संक्रमणहरू अत्यधिक रहेको देखिन्छ ।

 

गरिबी, बेरोजगारी, एकलजीवन, सम्बन्ध विच्छेद, बसाइसराइ तथा जीवननिर्वाहका वैकल्पिकउपायहरू नहुनुजस्ता सामाजिक संरचनागत समस्या नै महिलालाई यौन पेशामा धकेल्ने प्रमुख कारण हुन् । यद्यपि ७९ प्रतिशत यौनकर्मीहरूले अन्य रोजगारी पनि गरिरहेको तर पनि यौन पेशा नछोडेको देखिन्छ, यसको कारण ती वैकल्पिक रोजगारीले मात्र उनीहरूको गुजारा चल्न नसकेको अनुमान गर्न सकिन्छ । तसर्थ, समाजमा यौनकर्मीहरूको सङ्ख्या घट्नुको सट्टा दिनप्रतिदिन बढिरहेको छ र पर्याप्तरूपमा रोजगारीका भरपर्दा विकल्पहरू सिर्जना नभएसम्म आउँदादिनहरूमा झन् बढिरहने देखिन्छ ।

 

नेपालमा यौन व्यवसाय कानुनी र सामाजिक दुवैरूपमा दण्डनीय छ । परिवार नियोजनका अस्थायी साधनहरू साथमा लिएर हिडेकै आधारमा त्यसलाई अनैतिक मान्दै प्रहरी प्रशासनबाट नै यौनकर्मीहरूमाथि भेदभाव, वहिष्कार, घृणा र अपमानित गर्ने कार्य भइरहेको अध्ययन अनुसन्धानले देखाएको छ । तर यौन व्यवसायीलाई दण्डित र वहिष्कृत गरेर यो व्यवसायलाई नियन्त्रण गर्ने आजसम्मका हाम्रा कानुनी, प्रशासनिक र सामाजिक प्रयासहरू असफल भएको देखिन्छ ।

 

अर्कोतर्फ नेपाल सरकारले सबैव्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य अधिकार लगायत लैङ्गिक समानताको सम्मान र संरक्षण गर्ने प्रतिबद्धता जनाएको छ । नेपालको सर्वोच्च अदालतले समेत महिला यौनकर्मीहरूको मानवअधिकारलाई सुनिश्चित गरेको छ, तर अधिकांशमहिला यौनकर्मी र सरोकारवालाहरू यसबारे जानकार छैनन्् । अतः यो विद्यमान सामाजिक यथार्थलाई मनन गर्दै परम्परागत दृष्टिकोण राखेर वा कानुनको डण्डा चलाएर मात्र यसलाई रोक्न सकिन्छ भन्ने मान्यताबाट अलिकति हटेर यस व्यवसायलाई राज्यस्तरबाटै व्यवस्थित गर्न अब ढिलो भैसकेको छ ।

 

यौनकर्मी महिलाहरूको यौन तथा प्रजनन स्वास्थ्यअधिकारको संरक्षण गर्न राज्यका तर्फबाट अब यसको नीतिगत व्यवस्थापन गर्नु आजको प्राथमिक आवश्यकता भएको छ । अतः फैलिँदै गएको यौन संक्रमण तथा एच.आई.भी. रएड्सको व्यवस्थापनका लागि र हरेक व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको सुनिश्चितता व्यवहारमै हुने गरी राज्यबाटैयौन व्यवसायलाई व्यवस्थापनगर्न नीतिगत निर्णय यथाशक्य चाँडो गरेर हरेक पेशामा संलग्न व्यक्ति र वर्गको स्वास्थ्य र अधिकारको सम्बोधन गरिनु पर्दछ ।

from Healthtodaynepal

कमेन्ट गर्नुहोस्

error: Content is protected !!