‘प्रचण्ड’ बुधबार सिगापुर जाँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पूष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार सिगापुर जाने भएका छन् । स्रोतका अनुसार बुधबार बेलुकी प्रचण्ड सिंगापुर जान लागेका हुन् । पत्नी सिता दाहालको नियमित चेकअपका लागी सिंगापुर जान लागेको बताइएको छ ।

 

उनी कहिले फर्कने टुंगो छैन । चेकअपपछि मात्रै उनी फर्कनेबारे टुंगो लाग्ने बताइएको छ । सिंगापुरको अस्पताल र डाक्टरहरुको सल्लाहाअनुसारमात्रै उपचार गराएर फर्कने बताइएको छ । अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली गत ६ गतेबाट अमेरिका भ्रमणमा छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!