हजारौं मानिसको आगाडि बालकरामले छेडे जिब्रो

भक्तपुर, असोज १० । मध्यपुर थिमी नगरपालिका-५ चोडेका ४० वर्षीय बालकराम श्रेष्ठले जिब्रो छेडेका छन्। उनले मंगलबार राति ८ बजे मध्यपुरथिमी नगरपालिका दिगु भैरव मन्दिरको मण्डपमा जिब्रो छेडेका हुन् ।

विसं २०६३ देखि रोकिएर गत वर्षदेखि शुरु भएको थिमीको जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिन यस वर्ष उनले हजारौं मानिसको अगाडि जिब्रो छेडेका हुन् । जिब्रो छेडाउने व्यक्ति मध्यपुर थिमीको श्रेष्ठ थरकै हुनुपर्ने चलन छ ।

 

‘चेंया पुन्हिया मेय प्वाः खनेगु’ जात्रा व्यवस्थापन समितिको संयोजनमा उनले जिब्रो छेडेका हुन् । जिब्रो छेड्नु अघि थिमी लाय्कुका नायो पमाहरु गई हनुमानढोका लाय्कु (दरबार)बाट राजाको चिनो (खड्ग) लिएर आएको केहीबेर पछि जिब्रो छेडिएको थियो । -रासस

याे पनि पढ्नुस  मध्यपुर ठिमीमा रातभर जागे महाकाली, भैरव र नीलबाराही

कमेन्ट गर्नुहोस्

error: Content is protected !!