परराष्ट्रमन्त्री ज्ञवाली र बुल्गेरियाका विदेशमन्त्रीबीच भेटवार्ता

न्यूयोर्क, असोज १० । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मंगलबार संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा बुल्गेरियाका न्यायिक सुधार तथा विदेशमन्त्री एकाटेरिना जारिभासँग भेटवार्ता गरेका छन् ।

 

संयुक्त राष्ट्रसङ्घको महासभाको ७३औं अधिवेशनमा भाग लिन दुई मुलुकका परराष्ट्रमन्त्री यहाँ आइ पुगेका हुन् । उक्त अवसरमा दुई पक्षीय हित तथा चाँसोका विषयमा छलफल भएको थियो ।

 

सो अवसरमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव भरतराज पौडेल तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीसमेत सहभागी थिए । -रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!