अमेरिकन महिलाले गाइन् देउडा ! [भिडियोसहित]

काठमाडौं, असोज १० । देउडा मध्य तथा सुदूरपश्चिमको परिचय तथा पहिचान हो । प्रायः ठाउँमा सुदूरपश्चिम देउडा गाइने क्षेत्रका रुपमा चिनीन्छ । हुन त यो क्षेत्रमा परिचय बोकेका थुप्रै चिज छन् । तर, अरुभन्दा परिचय दिन देउडा नै अग्र स्थानमा आउँछ । अहिले झनै देउडाले स्थान लिदै गएको देखिन्छ ।

 

पछिल्लो समय देउडा भाषामा बनाइएका गीत चर्चाको शिखरमा पुग्ने गरेका छन् । केही दिनअघि मात्रै चर्चित गायक हेमन्त शर्माले गाएको डोटेली भाषा मिश्रीत गीत ‘बरिखा युट्युब ट्रेडिङको पहिलो नम्बरमा थियो ।

 

पछिल्लो समय डोटेली भाषाका गीतहरु चलचित्रमा पनि देखिन थालेका छन् । यसले गर्दा झनै देउडा गीतको चर्चा चुलिन थालेको छ । यसैबीच, सुन्दा अचम्म लाग्ने तर कुरा यथार्थ हो । एउटी विदेशी महिलाले पनि मिठो आवाजमा देउडा गीत गाएकी छन् । त्यो पनि शुद्धसँग।

 

यी नागरिक अमेरिकाकी हुन् । उनको नाम डा. आना स्टिर हो । स्टिरले नेपाली लाेक गीतमा पीएचडी(विद्यावारिधि) पनि गरेकी छन् । उनले एक एक भिडियोमा भनेकी छन्, ‘सुदूरपश्चिमकी चर्चित देउडा गायीका डीग्रा गाइनेसँग कैलाली जाँदा भेट भयो र उहाँसँग देउडा सिक्ने मौका पाए ।’ स्टिरले ‘दुई वारी दुई पारीकी’ बोलको देउडा गीत गाएकी छन् ।

 

यो अन्तर्वातामा अन्तर्वाता लिनेले खासै देउडाको अर्थ बुझेनन् । त्यसपछि स्वयम् उनले अन्तर्वाता लिनेलाई अर्थ सिकाइन् । हेर्नुस् तपाई पनि अमेरिकन महिला स्टिरको अद्भूत प्रतिभा-

भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुस्-

कमेन्ट गर्नुहोस्

error: Content is protected !!